पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा घरको छत खस्दा एकै परिवारका सात जनाको मृत्यु भएको छ।
सूचना तथा संस्कृतिका प्रान्तीय निर्देशक कुरिसी बद्लोनले बुधबार बताएअनुसार मङ्गलबार राति सेरजाद जिल्लामा उक्त दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको हो।
यसअघि सोमबार राति भारी वर्षाका कारण माटोको इँटाको छत खसेर भएको घटनामा पाँच जनाको ज्यान गएको थियो भने अन्य चार जना घाइते भएका थिए।
पछिल्लो समयमा विपद्का घटनाका कारण अफगानिस्तानमा मृत्यु हुने क्रम बढेको जनाइएको छ।
यसैगरी बितेका १२ दिनमा देशमा भारी वर्षा, पहिरो आँधीबेहरी र बिजुलीका कारण कम्तीमा १३२ जनाको मृत्यु भएको छ भने १९२ जना घाइते भएका छन्।
अफगानिस्तानका दुर्गम र ग्रामीण क्षेत्रमा घर मुख्यतया माटोबाट निर्माण गरिएका छन्।
24
Shares

प्रतिक्रिया