इरानमा खसालिएको अमेरिकी एफ-१५ई लडाकु विमानका दोस्रो चालक पनि उद्धार गरिएको अमेरिकाले जनाएको छ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी एफ-१५ई लडाकु विमानका हराएका चालकलाई उद्धार गरिएको बताएका छन्।
ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘उनलाई चोट लागेको छ, तर उनी ठिक हुनेछन्।’
ट्रम्पका अनुसार उनी कर्णेल हुन्।
इरानी सञ्चारमाध्यमले शनिबार जनाएअनुसार अमेरिकाका लडाकु विमान एफ-१५ई र ए-१० इरानको हमलामा परेका हुन्।
एफ-१५ई विमान दक्षिणपश्चिम इरानमाथि उडिरहेका बेला खसालिएको थियो भने यसका एक चालक खोज्न निस्केको अमेरिकी ए-१० विमान पनि कुवेत क्षेत्रमा इरानको आक्रमणमा परी दुर्घटना भएको भएको थियो।
यद्यपि चालक भने विमान दुर्घटना हुनुभन्दा पहिले नै हाम फालेर बाँच्न सफल भएको बताइएको छ।
समाचार एजेन्सी एपीका अनुसार २३ वर्षपछि पहिलोपटक अमेरिकी लडाकु विमान शत्रुको गोलीले खसालिएको हो।
यसअघि सन् २००३ मा इराक युद्धको समयमा अमेरिकी सैन्य विमान खसालिएका थिए।
फेब्रुअरी २८ देखि इरानसँग जारी युद्धमा अहिलेसम्म अमेरिकाका ७ विमान नष्ट भइसकेका छन्।
Shares

प्रतिक्रिया