ग्लोबल


लेबननमा हेजबुल्लाहसँग गोली हानाहान हुँदा मारिए ४ इजरायली सैनिक

लेबननमा हेजबुल्लाहसँग गोली हानाहान हुँदा मारिए ४ इजरायली सैनिक

इराजयली सेनाले लेबननमा मारिएका ४ सैनिकमध्ये अहिलेसम्म ३ जनाको नाम र तस्बिर मात्र सार्वजनिक गरेको छ।


नेपालखबर
चैत १७, २०८२ मंगलबार १४:४, काठमाडौँ

दक्षिणी लेबननमा सोमबार साँझ हेजबुल्लाह लडाकुसँग भएको गोली हानाहानमा चार इजरायली सैनिक मारिएका छन् भने दुई जना घाइते भएका छन्।

टाइम्स अफ इजरायलका अनुसार इजरायल रक्षा बल (आईडीएफ) ले मारिएका चार सैनिकमध्ये ३ जनाको नाम सार्वजनिक गरेको छ। 

मारिएका तीन सैनिकमा सेडेरोटका क्याप्टेन  २२ वर्षीय नोआम माडमोनी, लेहाभिमका २१ वर्षीय स्टाफ सार्जेन्ट बेन कोहेन र ब्याट यामका २१ वर्षीय स्टाफ सार्जेन्ट म्याक्सिम एन्टिस छन्।

अर्का मृतक सैनिकको नाम पनि पछि सार्वजनिक गरिने आईडीएफले जनाएको छ। 

सबै जना नाहल ब्रिगेडको रिकोनिसेन्स युनिटमा काम गर्थे।

आक्रमणमा एक सैनिक गम्भीर र अर्का रिजर्भिस्ट सैनिक सामान्य घाइते भएका छन्।

आईडीएफका अनुसार सोमबार स्थानीय समय साँझ ६:३० बजे दक्षिणी लेबननको पश्चिमी क्षेत्रमा अपरेनका क्रममा नाहल रिकोनिसेन्स युनिटका सेनाले हेज्बुल्लाह बन्दुकधारीको समूह देखेपछि गोली हानाहान भएको थियो। 

हेज्बुल्लाहका कार्यकर्ताले सेनामाथि मिसाइल पनि प्रहार गरेका थिए तर यसले थप कसैलाई चोटपटक लागेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad