ग्लोबल


साउदीमा १० वटा ड्रोन प्रहार

साउदीमा १० वटा ड्रोन प्रहार

नेपालखबर
चैत १५, २०८२ आइतबार २१:२२, काठमाडौँ

साउदी अरेबियाले पछिल्ला केही घण्टामा १० वटा ड्रोन रोकेको छ। साउदीको रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएको हो। 

खाडीका अन्य देश संयुक्त अरब इमिरेट्स (यूएई) र कुवेतले पनि रातभर आक्रमण गरिएको बताएका छन्।

बितेका २४ घण्टामा यस क्षेत्रमा बारम्बार आक्रमण भएको र प्रमुख पूर्वाधारलाई पनि निसाना बनाइएको बीबीसीले जनाएको छ। 

शनिबार यूएईमा धेरैवटा ब्यालिस्टिक मिसाइल हानिएको थियो। 

एमिरेट्स ग्लोबल एल्युमिनियमका अनुसार अबुधाबीमा रहेको प्रमुख प्लान्टमा आक्रमण गरिएको थियो।

जसका कारण ठुलो मात्रामा क्षति भएको छ भने धेरै जना कर्मचारी घाइते पनि भएका छन्।

अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा इरानमा संयुक्त हवाई हमला गरी सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसहित धेरै जना शीर्ष नेता तथा अधिकारी मारेयता युद्ध जारी छ। 

बदलामा इरानले इजरायलसँगै अमेरिकी आधार रहेका खाडीका मुलुकहरूमा हवाई आक्रमण जारी राखेको छ। 

यसबिच इजरायल-अमेरिकाले इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिसकेको छ।

अमेरिका-इजरायलको आक्रमणबाट इरानमा अहिलेसम्म ३ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad