ग्लोबल


बंगलादेशमा बस नदीमा खस्दा २३ यात्रुको मृत्यु, ११ जनाले पौडेर जोगाए ज्यान

बंगलादेशमा बस नदीमा खस्दा २३ यात्रुको मृत्यु, ११ जनाले पौडेर जोगाए ज्यान

दुर्घटनास्थल


नेपालखबर
चैत १२, २०८२ बिहिबार १०:१०, काठमाडौँ

बंगलादेशमा बुधबार साँझ पद्मा नदीमा बस खस्दा अहिलेसम्म २३ जनाको मृत्यु भएको छ।

एघार यात्रु भने पौडी खेलेर बाँच्न सफल भएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन्। 

बसमा लगभग ४० जना सवार थिए। 

बस राजबारी जिल्लाको दौलादिया टर्मिनलमा दुर्घटनामा परेको हो। 

बस फेरी (ठुलो डुंगा) चढ्दै गर्दा चालकले नियन्त्रण गुमाएपछि बस नदीमा खसेको बताइएको छ। 

बंगलादेशमा बसलगायत सवारीसाधनलाई नदी पार गराउन फेरी प्रयोग गरिन्छ। यो ठुलो डुंगा वा जहाजजस्तै हुन्छ। 

बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले दुर्घटनाको अनुसन्धान गर्न सम्बन्धित निकायलाई आदेश दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad