कब्जा गरिएको वेस्ट बैंकस्थित हेब्रोन सहरको आकाशमा शनिबार बिहानै धेरैवटा क्षेप्यास्त्र देखिएका छन्।
इजरायलले केही घण्टाभित्र यस्ता धेरै आक्रमणको जवाफ दिइएको दाबी गरेको छ।
इजरायली सेनाले यो हमला इरानबाट भएको दाबी गरेको छ।
इजरायली रक्षा बलले नागरिकलाई सावधानी अपनाउन आग्रह गर्दै आक्रमण विफल पार्न रक्षा प्रणालीले काम गरिरहेको बताएको छ।
यसैबिच साउदी अरेबियाले रातभर दर्जनौँ ड्रोन रोकिएको बताएको छ।
छिमेकी कुवेतले पनि क्षेप्यास्त्र र ड्रोनविरुद्ध वायु रक्षा प्रणाली सक्रिय पारिएको बताएको छ।
यसअघि इरानले संयुक्त अरब इमिरेट्स (यूएई) को रास अल-खैमाह सहरमा भीषण हमला गरिने चेतावनी दिएको छ।
438
Shares

प्रतिक्रिया