ग्लोबल


यूएईको यो सहरमा ‘ठूलो आक्रमण’ गर्ने इरानको चेतावनी

यूएईको यो सहरमा ‘ठूलो आक्रमण’ गर्ने इरानको चेतावनी

तेहरानमा अबु मुसा र ग्रेटर टुन्ब टापु चित्रण गरिएको बिलबोर्डमा इरानी टिकट (फाइल फोटो)


नेपालखबर
चैत ७, २०८२ शनिबार १३:२५, काठमाडौँ

इरानले संयुक्त अरब इमिरेट्स (यूएई) को रस अल-खैमाह सहरमा 'निर्णायक शक्ति'ले आक्रमण गर्ने धम्की दिएको छ।

फारसका दुई खाडी द्वीपका विषयमा यूएईसँग लामो समयदेखि जारी विवादका बिच इरानले हमलाको चेतावनी दिएको हो।

इरानको सरकारी सञ्चारमाध्यमले टेलिग्राममा प्रकाशन गरको सन्देशमा इरानी सशस्त्र सेनाका प्रवक्ताले भनेका छन्, ‘अबु मुसा र ग्रेटर टुन्ब टापुहरूमा कुनै पनि नयाँ आक्रमण भएमा युएईले त्यो सहरमा आक्रमण गर्नेछ।’

दुवै टापु दशकौँदेखि इरानको नियन्त्रणमा छन्।

फारसको खाडीमा अवस्थित ती टापु  रणनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छन्।

यूएईले दुवै टापु आफ्नो भएको दाबी गरिरहेको छ। 

अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता निरन्तर युद्ध जारी छ। 

इरानमा अहिलेसम्म ३ हजार १८६ जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ। 

यसबिच इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्। 

जवाफमा इरानले पनि खाडीका मुलुकहरूमा आक्रमण गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad