ग्लोबल


‘ग्यास फिल्ड’मा आक्रमणपछि इरान आक्रोशित, खाडी मुलुकमा रातभर मिसाइल प्रहार

‘ग्यास फिल्ड’मा आक्रमणपछि इरान आक्रोशित, खाडी मुलुकमा रातभर मिसाइल प्रहार

इरानस्थित साउथ पार्स ग्यास फिल्ड


नेपालखबर
चैत ५, २०८२ बिहिबार १५:१६, काठमाडौँ

विश्वकै ठुलो प्राकृतिक ग्यास क्षेत्र मानिने आफ्नो साउथ पार्स ग्यास फिल्डमा बुधबार इजरायलले हमला गरेपछि इरानले अमेरिकासँग सम्बन्धित तेल र ग्यास रिफाइनरीलाई लक्ष्य गरी मध्यपूर्वका देशहरूमा रातभर आक्रमण गरेको छ। 

साउदी अरेबियाले बुधबार रातभर इरानले आक्रमण गरेको बताएको छ।

साउदी रक्षा मन्त्रालयले राजधानी रियाद र देशका पूर्वी क्षेत्रमा १७ ड्रोन र दुई ब्यालिस्टिक मिसाइल खसालेको बताएको छ।

यस्तै साउथ पार्स ग्यास फिल्डमा गरिएको हमलाको बदलामा बुधबारै कतारको रास लाफान ऊर्जा परिसरमा क्षेप्यास्त्र हानेको इरानले फेरि बिहीबार बिहान पनि आक्रमण गरेको छ। 

कतारले आक्रमणले ग्यासमा क्षति पुर्‍याएको बताएको छ, तर कोही घाइते भएका छैनन्। 

उता संयुक्त अरब इमिरेट्सले पनि बिहीबार बिहान आफ्नो वायु रक्षा प्रणालीले ब्यालिस्टिक मिसाइल तथा लडाकु विमानले ड्रोन रोकेको बताएको छ।

बहराइनले पनि रातभरमा तीन चेतावनी जारी गर्दै नागरिकहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो।

यस्तै कुवेती सेनाले विज्ञप्ति जारी गर्दै ‘शत्रुको मिसाइल र ड्रोन आक्रमण’को सामना गरिरहेको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad