ग्लोबल


युद्धले अस्तव्यस्त मध्यपूर्व, हेर्नुहोस् २० तस्बिर

युद्धले अस्तव्यस्त मध्यपूर्व, हेर्नुहोस् २० तस्बिर

उत्तरी इजरायल र दक्षिणी लेबननको सीमानजिक मिसाइल प्रहार गर्दै इजरायली हेलिकप्टर।


नेपालखबर
चैत १, २०८२ आइतबार ११:४२, काठमाडौँ

अमेरिका-इजरायल-इरान युद्धमा होमिएको आज (मार्च १५ तारिख) १६औँ दिन भइसकेको छ। 

अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता द्वन्द्व जारी छ।

जवाफमा इरानले पनि इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशहरूमा ड्रोन/क्षेप्यास्त्र प्रहार गर्दा यतिबेला सिंगो मध्यपूर्वमा  द्वन्द्व फैलिएको छ। 

जसले गर्दा ती देशको जनजीवन नै तहसनहस भइरहेको छ। 

युद्धकै कारण दुबईबाट ठुलो संख्यामा बेलायती प्रवासी फर्किरहेका छन् भने लन्डनमा भाडाका घरहरूको माग अचानक बढेको छ।

डेली मेलका अनुसार असुरक्षा बढेपछि धेरै मानिस विस्थापित भइरहेका छन्। 

आक्रमणले इरानमा अहिलेसम्म २० हजार नागरिक भवनलाई असर पारेको छ। ७७ स्वास्थ्य पूर्वाधार तथा ६५ विद्यालय ध्वस्त भइसकेका छन्। 

लेबननमा पनि इजरायलले आक्रमण गरिरहेको छ। जसका कारण ८ लाख मानिसले आफ्नो घर छाडिसकेका छन्।

अल जजिराका अनुसार तीमध्ये २ लाखभन्दा बढी बालबालिका छन्।

हेर्नुहोस् २० तस्बिर

इजरायलको आक्रमणबाट ध्वस्त इरानको गान्धी अस्पताल।
हेजबुल्लाहविरुद्ध लेबननी सीमानजिक तैनाथ इजरायली ट्यांकर।

मार्च १२ मा इजरायलको हमलापछि लेबननको राजधानी बेरुतमा उडिरहेको धुवाँ अनि सडकमा उभिइरहेका दुई बालिका।
इजरायलले गरेको हवाई आक्रमणपछि लेबननको बेरुतस्थित सडकमा एक बच्चा।
युद्धका कारण दुबईबाट बाहिरिँदै बेलायती नागरिक।
अमेरिका-इजरायलको हवाई आक्रमणले इरानमा क्षतिग्रस्त भवनअगाडि झोक्राइरहेकी एक महिला।
शनिबार इरानको निलुफर स्क्वायरस्थित प्रहरी चौकीमा आक्रमण हुँदा भागभाग गरेका मानिस।
इरानबाट क्षेप्यास्त्र प्रहार हुँदा साइरन बजेपछि इजरायलमा आफ्नो ज्यान बचाउन खोज्दै एक व्यक्ति।
हालै अमेरिकी-इजरायली हवाई आक्रमणमा मारिएका एक पुरुषको अन्त्येष्टिमा इरानको बेहेस्त-ए जहरा समाधिस्थलमा सहभागी महिला।
उत्तरी इजरायल र दक्षिणी लेबननको सीमानजिक मिसाइल प्रहार गर्दै इजरायली हेलिकप्टर।
इरानले इजरायलमा क्षेप्यास्त्र प्रहार गर्दा खसेको टुक्रा।
इजरायलको तेल अभिभमा हवाई आक्रमणको साइरन बज्दा आफ्नो बच्चा च्याप्दै एक महिला।
मार्च ११ मा लेबननको बेरुतमा एउटा रंगशालालाई आश्रयस्थलमा परिणत गरिएको छ। जहाँ घरबाहिर चिहाउँदै एक विस्थापित बच्चा।
आश्रयस्थल बनाइएको लेबननस्थित एउटा स्कुल भवनको झ्यालबाट हेर्दै एक महिला र दुई साना बालबालिका।
इजरायलको आक्रमणबाट लेबननमा विस्थापित परिवार दक्षिणी बन्दरगाह सहर सिदोनमा आइपुगेका छन्, जहाँ बालबालिका फुटपाथमा देखिन्छन्।
लेबननको दहिहमा समुद्री किनारस्थित फुटपाथमा इजरायलको आक्रमणबाट विस्थापित एक परिवार।
इजरायलको हवाई आक्रमणबाट लेबननमा भत्किएका भवन।
इजरायलको आक्रमणमा ध्वस्त घरबाट लुगा र जुत्ताजस्ता आवश्यक सामान निकाल्दै एक लेबननी व्यक्ति।
सिरियाको क्वामिस्लिमा खुला मैदानमा खसेको क्षेप्यास्त्रमाथि चढ्ने प्रयास गर्दै बालक।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad