नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक तर्फबाट सांसद् बन्नेको सूची आज टुंगो लगाउँदैछ।
निर्वाचन आयोगले दलहरुलाई आजसम्ममा समानुपातिकको नाम टुङ्गो लगाउन समय तोकेको छ।
प्रत्यक्षतर्फ आठ सिटमा जित निकालेको नेकपाले समानुपातिकतर्फ नौ सिट पाएको छ।
नेकपाका नेता गिरीराजमणि पोखरेलले संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालले आइतबार दिउँसोसम्ममा समानुपातिक सांसदको सूची टुंगो लगाउने बताए।
गत फागुन २१ गते भएको निर्वाचनमा नेकपाले समानुपातिकतर्फ आठ लाख ११ हजार ५७७ मत पाएको छ।
एमाले, श्रम संस्कृतिसहितका पार्टीले समानुपातिक सांसदको सूची आयोयमा बुझाइ सकेका छन्।
597
Shares

प्रतिक्रिया