ग्लोबल


खार्ग टापुमा आक्रमणको खबरपछि इरानले अमेरिकालाई दियो चेतावनी

खार्ग टापुमा आक्रमणको खबरपछि इरानले अमेरिकालाई दियो चेतावनी

खार्ग टापु


नेपालखबर
फागुन ३०, २०८२ शनिबार १०:९, काठमाडौँ

इरानले तेल र ऊर्जा पूर्वाधारमा आक्रमण गरिए यस क्षेत्रमा अमेरिकासँग सहकार्य गर्ने तेल कम्पनीका ऊर्जा पूर्वाधारमा हमला गरिने चेतावनी दिएको छ। 

रोयटर्सका अनुसार इरानी सेनालाई उद्धृत गर्दै इरानी सञ्चारमाध्यमले उक्त जानकारी दिएका हुन्। 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले खार्ग टापुमा रहेका सबै सैन्य अड्डा ‘पूर्ण रूपमा ध्वस्त’ पारिएको बताएपछि इरानबाट उक्त चेतावनी आएको हो। 

ट्रम्पले भनेका छन्, ‘मेरो आदेशमा अमेरिकी केन्द्रीय कमान्डले मध्य पूर्वी इतिहासको सबैभन्दा शक्तिशाली हवाई आक्रमणहरू मध्ये एक गर्‍यो, खार्ग टापुमा रहेका सबै सैन्य प्रतिष्ठान पूर्ण रूपमा ध्वस्त पार्‍यो। खार्ग टापु इरानको सबैभन्दा महत्त्वपूर्ण सम्पत्तिमध्ये एक मानिन्छ।’

आफ्नो सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन्, ‘अहिलेका लागि मानवीय र नैतिक कारण मैले टापुको तेल पूर्वाधारलाई निसाना नबनाउने निर्णय गरेको छु।’

खार्ग टापुलाई इरानको तेल निर्यातका लागि प्रमुख केन्द्र मानिन्छ र यहाँबाट ठुलो मात्रामा कच्चा तेल आपूर्ति गरिन्छ। 

अमेरिका-इजरायल र इरानबिच गत फेब्रुअरी २८ मा युद्ध सुरु भएयता मध्यपूर्वभरिका तेल रिफाइनरी र भण्डारलाई आक्रमणको निसाना बनाइएको छ। 

अहिलेसम्म इजरायली सेनाले तेहरानको रे, साहरान र अक्दिसियाहका तेल डिपो र कारजको फर्डिस क्षेत्रमा आक्रमण गरेको छ।

बदलामा इरानले पनि फारसी खाडीका धेरै देशमा रहेका रिफाइनरी र तेल डिपोमा हमला गरेको छ।

आक्रमणसँगै  खार्ग टापु अमेरिकाले कब्जा गर्न सक्ने अनुमान तीव्र भएको छ।

खार्ग टापु इरानको सबैभन्दा ठूलो तेल भण्डारको केन्द्र हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad