ग्लोबल


इजरायलको आक्रमणबाट लेबननमा ६३० जना मारिए

इजरायलको आक्रमणबाट लेबननमा ६३० जना मारिए

नेपालखबर
फागुन २८, २०८२ बिहिबार ५:३६, काठमाडौँ

लेबननमा इजरायल र हेजबुल्लाहबिच जारी द्वन्द्वमा गत हप्ता ६३० भन्दा बढी मानिसको मृत्यु भएको छ।

लेबननी स्वास्थ्य मन्त्रालयका अनुसार १,५०० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

रिपोर्टहरूले इजरायलले दक्षिणी र पूर्वी लेबनानका धेरै क्षेत्रमा निरन्तर हवाई आक्रमण गरिरहेको र यसले स्थितिलाई अझ बिगारेको देखाएका छन्।

अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेपछि बदला लिन भन्दै लेबननबाट हेजबुल्लाहले इजरायलमा हवाई हमला गरेपछि दुई पक्षबिच लडाइँ परेको हो। 

आफ्नो देशमा भएको हमलाको जवाफमा इरानले पनि इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोन/क्षेप्यास्त्र प्रहार गरिरहेको छ।

यसैबिच अमेरिका-इजरायको आक्रमणबाट अहिलेसम्म १ हजार ३०० भन्दा बढी मानिस मारिएको र ८ हजार घर ध्वस्त भएको इरानले बताएको छ। 

संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत अमिर सइद इरावनीका अनुसार देशका ९ हजार ६०० वटा आवासीय क्षेत्रमा आक्रमण गरिएको छ। हमलामा घर, बजार, अस्पताल, चिकित्सा केन्द्र र विद्यालय परेका छन्।

यस्तै इरानले आफूले पनि इजरायलका हाइफा, जेरुसेलम र तेल अभिभमा क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको छ।

युद्धले अमेरिकी सेनालाई पनि असर गरेको छ। इरानको आक्रमणबाट अहिलेसम्म अमेरिकी सेनाका ७ जनाको मृत्यु र १४० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad