ग्लोबल


खाडी मुलुकहरूप्रति कुनै शत्रुता छैन: इरान

खाडी मुलुकहरूप्रति कुनै शत्रुता छैन: इरान

नेपालखबर
फागुन १९, २०८२ मंगलबार ९:२७, काठमाडौँ

इजरायलको आक्रमणपछि मध्यपूर्वमा हमला सुरु गरेको इरानले खाडी मुलुकप्रति कुनै दुर्भावना नराखेको दाबी गरेको छ। 

इरानका विदेशमन्त्री अब्बास अराघचीले खाडी मुलुकसँग आफ्नो देशको कुनै दुस्मनी नभएको बताएका हुन्।

‘इरानले पर्सियाली खाडी मुलुकहरूप्रति कुनै शत्रुता राख्दैन र उनीहरूसँग राम्रो छिमेकी सम्बन्ध कायम गर्न प्रतिबद्ध छ,’ विदेशमन्त्री अराघचीले चीनका समकक्षी वाङ यीसँगको टेलिफोन वार्तामा सोमबार भने। 

चीनको विदेश मन्त्रालयले इरानका विदेशमन्त्रीलाई उद्धृत गर्दै भनेको छ, ‘अमेरिकी सैन्य अखडाहरूविरुद्ध इरानको रक्षात्मक प्रतिक्रियालाई खाडी देशहरूविरुद्ध इरानको आक्रमणको रूपमा हेर्न हुँदैन।’

अमेरिका र इजरायलले शनिबार गरेको संयुक्त हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनी, रक्षामन्त्री अमिर नसिरजादेहसहित दर्जनौँ सैन्य अधिकारी मारिएका थिए। 

प्रतिक्रियामा अहिलेसम्म मध्यपूर्वमा अमेरिका र इजरायलसँग सम्बन्धित ५०० स्थललाई लक्ष्य गरी इरानले आक्रमण गरिरहेको हो। 

इरानले शनिबार अमेरिका र इजरायलले आक्रमण सुरु गरेयता दुबई, अबुधाबी, कुवेत र मनामा विमानस्थललाई निसाना बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad