ग्लोबल


इजरायलको आक्रमणमा कम्तीमा ५२ जना मारिए: लेबनन (भिडिओ)

इजरायलको आक्रमणमा कम्तीमा ५२ जना मारिए: लेबनन (भिडिओ)

नेपालखबर
फागुन १९, २०८२ मंगलबार ९:२, काठमाडौँ

लेबननको बेरुतमा इजरायलले आक्रमण तीव्र पारेको छ। 

यसैबिच इजरायली सेनाले हेजबुल्लाहसँग सम्बद्ध स्थानीय च्यानल अल-मनार टीभी स्टेसन रहेको भवनमा हमला गरेको छ।

अल जजिराका अनुसार आक्रमणका बाबजुद स्टेसनले प्रसारण जारी राखेको छ। 

विगत २४ घण्टामा बेरुत, दक्षिणी लेबनन र सिरियाली सीमानजिकैको पूर्वी बेकान उपत्यकामा धेरै आक्रमण भएका छन्।

लेबननी स्वास्थ्य मन्त्रालयका अनुसार हमलामा अहिलेसम्म कम्तीमा ५२ जनाको मृत्यु भएको छ भने १५४ जना घाइते भएका छन्।

अनि हजारौँ विस्थापित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad