ग्लोबल


आक्रमणको जवाफमा इरानी क्षेप्यास्त्र: इजरायलदेखि दुबईसम्म (चार तस्बिर)

आक्रमणको जवाफमा इरानी क्षेप्यास्त्र: इजरायलदेखि दुबईसम्म (चार तस्बिर)

इरानको आक्रमणपछि आइतबार बिहान दुबईको जेबेल अली बन्दरगाहमा देखिएको धुवाँको मुस्लो।


नेपालखबर
फागुन १७, २०८२ आइतबार १५:१८, काठमाडौँ

इजरायल र अमेरिकाले गरेको हवाई आक्रमणको जवाफमा इरानले शनिबार राति दुबईका धेरै स्थानमा हमला गरेको छ। 

यस क्रममा यूएई अन्तर्राष्ट्रिय विमानस्थलमा पनि विस्फोट भएको छ। 

साथै इरानले शनिबार राति तेल अभिभका आवासीय भवनलाई पनि निसाना बनाएको बताइएको छ। 

इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले मिसाइल र ड्रोनले २७ अमेरिकी अड्डाका साथै टेल नोफ एयर बेस, इजरायली सैन्य मुख्यालय र तेल अभिभमा रहेको रक्षा उद्योगमा पनि आक्रमण गरिएको दाबी गरेको छ।

कतारको राजधानी दोहामा ११ वटा विस्फोट
कतारको राजधानी दोहामा धेरैवटा विस्फोट सुनिएका छन्।

मिडिया रिपोर्टले कम्तीमा ११ वटा विस्फोट भएको संकेत गरेका छन्।

विस्फोट के कारणले भयो वा के कति क्षति भयो भन्ने कुरा अझै स्पष्ट भएको छैन।

यूएईमा १ मृत्यु, ११ जना घाइते
इरानको आक्रमणबाट यूएईमा १ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विस्फोटमा ४ जना घाइते भएका छन्।

यस्तै अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा एकजना एसियाली नागरिक मारिएका छन् भने ७ जना घाइते भएको यूएई सरकारले जनाएको छ।

कतारमा १६ जना घाइते
कतारको गृह मन्त्रालयले इरानको आक्रमणबाट थप ८ जना घाइते भएको जानकारी दिएको छ। 

योसँगै इरानी आक्रमणबाट अहिलेसम्म घाइते भएकाको कुल संख्या १६ पुगेको छ।

इरानले गरेको हमलाका चार तस्बिर

इरानको क्षेप्यास्त्रले तेल अभिभमा क्षतिग्रस्त भवन।
इरानको आक्रमणपछि दुबईको तटमा देखिएको धुवाँको मुस्लो।
इरानको आक्रमणपछि आइतबार बिहान दुबईको जेबेल अली बन्दरगाहमा देखिएको धुवाँको मुस्लो।
शनिबार राति इरानले प्रहार गरेको क्षेप्यास्त्रले तेल अभिभमा क्षतिग्रस्त आवासीय भवन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad