ग्लोबल


अमेरिकी डुंगामाथि गोली प्रहार: ४ जनाको मृत्यु

अमेरिकी डुंगामाथि गोली प्रहार: ४ जनाको मृत्यु

मारिएकाहरू


नेपालखबर
फागुन १४, २०८२ बिहिबार ९:५६, काठमाडौँ

वासिङ्टन– क्युवाको समुद्री तट नजिकै एउटा तीव्र गतिको अमेरिकी डुङ्गा ताकेर क्युवाली सीमा सुरक्षा बलले गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्।

एबीसीन्यूजका अनुसार गोली प्रहारबाट अमेरिकी डुंगामा सवार ज्यान गुमाउने चारै जना अमेरिकामा बसोबास गर्ने क्युवाली मूलका नागरिक भएको खुलेको छ। हभानास्थित अमेरिकी दूतावासले बुधबार राति जारी गरेको विज्ञप्ति अनुसार, ज्यान गुमाउने र घाइते हुनेहरू सबै क्युवामा जन्मिएर हाल अमेरिकामा बस्दै आएका व्यक्तिहरू हुन्।

डुंगामा १० जना सशस्त्र व्यक्तिहरू सवार रहेको र उनीहरूको उद्देश्य "आतङ्कवादी गतिविधि" गर्नु रहेको क्युवाली गृह मन्त्रालयले दाबी गरेको छ। सुरक्षाकर्मीले उक्त तीव्र गतिको डुंगाबाट असल्ट राइफल, पेस्तोल, मोलोटोभ ककटेल र अन्य हातहतियार बरामद गरिएको जनाएको छ।

डुंगामा रहेका व्यक्तिहरूलाई रिसिभ गर्न क्युवाकै जमिनमा खटिएका भनिएका डुनियल हर्नान्डेज सान्तोसलाई पनि पक्राउ गरिएको छ।

अमेरिकी अधिकारीहरूले भने उक्त डुंगामा रहेका व्यक्तिहरू आफ्ना आफन्तलाई क्युवाबाट बाहिर निकाल्न गएको दाबी गरेका छन्। अमेरिकी विदेशसचिव मार्को रुबियोले क्युवाको प्रारम्भिक दाबीलाई अस्वीकार गर्दै अमेरिकाले आफ्नै ढंगले अनुसन्धान गर्ने बताए।

“हामी क्युवाले भनेको कुरालाई मात्र आधार मान्दैनौँ, हामी आफ्नै जानकारी संकलन गर्नेछौँ,” रुबियोले भने, “खुला समुद्रमा यसरी गोली हानाहान हुनु निकै असामान्य घटना हो।”

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad