ग्लोबल


‘इरानविरुद्ध भीषण आक्रमण गर्न तम्तयार अमेरिकी सेना’

‘इरानविरुद्ध भीषण आक्रमण गर्न तम्तयार अमेरिकी सेना’

यूएसएस जेराल्ड आर. फोर्ड संसारको सबैभन्दा ठुलो विमान वाहक हो।


नेपालखबर
फागुन २, २०८२ शनिबार ८:१५, काठमाडौँ

अमेरिकाका दुई अधिकारीले राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा आक्रमण गर्न आदेश दिएमा अमेरिकी सेना तयार रहेको बताएका छन्। 

एक्सक्लुसिभ भन्दै रोयटर्सले दिएको रिपोर्टअनुसार अमेरिकी सेनाले इरानविरुद्ध हप्ता लामो निरन्तर कारबाही गर्न सक्ने गरी तयारी गरिरहेको ती अधिकारीले बताएका हुन्। 

योजना संवेदनशील भएका कारण नाम नछाप्ने सर्तमा ती अमेरिकी अधिकारीहरूले इरानविरुद्ध आक्रमणको तयारी गरिरहेको खुलासा गरेका हुन्।

यस्तै शुक्रबार उनीहरूले अमेरिकाले आफ्नो सबैभन्दा ठुलो विमानवाहक जहाज यूएसएस जेराल्ड आर. फोर्ड त्यसतर्फ पठाउँदै गरेको पनि बताएका छन्। जसमा हजारौँ सेना, लडाकु विमान, निर्देशित-क्षेप्यास्त्र विनाशकलगायत छन्।

शुक्रबार उत्तरी क्यारोलिनाको एक अड्डामा अमेरिकी सेनासँग कुरा गर्दै ट्रम्पले भनेका छन्, ‘(इरानसँग) सम्झौता गर्न गाह्रो भएको छ।’ 

यसअघि गत हप्ता ओमानमा अमेरिका र इरानबिच वार्ता भए पनि बिनानिष्कर्ष सकिएको थियो।  

त्यसपछि इरानले यदि अमेरिकाले आक्रमण गरे त्यसको कडा जवाफ दिन तयार रहेको चेतावनी दिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad