ग्लोबल


अमेरिकाले पछ्याइरहेको आफ्नो तेल ट्यांकर जोगाउन रुसले तैनाथ गर्‍यो नौसेना

अमेरिकाले पछ्याइरहेको आफ्नो तेल ट्यांकर जोगाउन रुसले तैनाथ गर्‍यो नौसेना

नेपालखबर
पुस २३, २०८२ बुधबार १३:७, काठमाडौँ

रुसले आफ्नो तेल ट्यांकर रक्षाका लागि नौसेना जनशक्ति तैनाथ गरेको छ।

सीबीएस न्युजको रिपोर्टअनुसार, यो त्यही ट्यांकर हो, जसलाई अमेरिकी सेनाले एट्लान्टिक महासागरमा पछ्याइरहेको छ।

जहाज हाल खाली छ, तर पहिले यसले भेनेजुएलाको कच्चा तेल बोकेको थियो।

मंगलबार यो जहाज स्कटल्यान्ड र आइसल्यान्डको बीचमा रहेको आशंका गरिएको थियो।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना भेनेजुएला आउजाउ गर्ने प्रतिबन्धित तेल ट्यांकरलाई 'नाकाबन्दी' लाउन आदेश दिएका थिए। जसलाई भेनेजुएला सरकारले 'डकैती' भनेर निन्दा गरेको थियो। 

अमेरिकाले शनिबार भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्नुअघि ट्रम्पले भेनेजुएला सरकारलाई जहाजहरूमार्फत अमेरिकामा बारम्बार लागुपदार्थ तस्करी गरेको आरोप लगाएका थिए।

गत महिना अमेरिकी तटरक्षकले क्यारिबियनमा बेला १ नामक जहाजमा चढ्ने प्रयास गरेको थियो।

त्यतिबेला जहाज भेनेजुएलातर्फ जाँदै गरेको विश्वास गरिएको थियो।

अमेरिकी अधिकारीहरूले यसलाई जफत गर्न वारेन्ट पाएका थिए, यसले अमेरिकी प्रतिबन्ध उल्लंघन गरेको र इरानी तेल बोकेको आरोप थियो।

जहाजले पछि मार्ग परिवर्तन गर्‍यो र यसको नाम 'मारिनेरा' राख्यो।

रिपोर्टहरूका अनुसार, यसले आफ्नो झण्डा पनि गुयानाबाट आएको रुसी जहाजको झण्डामा परिवर्तन गरेको छ।

युरोपतर्फ यसको आगमन यस्तो समयमा भएको छ, जतिबेला यस क्षेत्रमा लगभग दश अमेरिकी सैन्य परिवहन विमान र हेलिकप्टर आइपुगेका छन्। 

रुसले यो जहाजसँग सम्बन्धित अवस्थामा 'निगरानी' गरिरहेको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad