एटीएम तोडफोड गरेर पैसा चोर्न खोजेको आरोपमा प्रहरीले ललितपुरको चापागाउँ दोबाटोबाट दुई युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार, गए राति ११:१७ बजेतिर ललितपुर महानगरपालिका-१४, टुटेपानीस्थित कुमारी बैंकको एटीएम तोडफोड भइरहेको भन्दै प्रहरीमा सूचना आएको थियो।
गोप्य सूचनाका आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले भाग्दै गरेको अवस्थामा दुई युवकलाई नियन्त्रणमा लिएको हो।
ललितपुरकै बागमती गाउँपालिका-३, माल्टा घरभइ ललितपुर-२७, सुनाकोठी बस्ने १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोक घर भई ललितपुर-२३, धापाखेल बस्ने १८ वर्षीय सुनिल विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
81
Shares

प्रतिक्रिया