अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा इस्लामिक स्टेट (आईएस) समूहविरुद्ध ‘शक्तिशाली र घातक हमला’ सुरु गरिएको बताएका छन्।
ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकी सेनाले बिहीबार राति आईएसविरुद्ध आक्रमण गरेको जानकारी दिएका हुन्।
उनले आफ्नो पोस्टमा आईएसले नाइजेरियामा क्रिस्चियनहरूलाई क्रूर रूपमा मारिरहेको आरोप लगाएका छन्। र, उसलाई ‘आतंकवादी फोहोर’को संज्ञा दिएका छन्।
ट्रम्पले अमेरिकी सेनाले आईएसविरुद्ध ‘धेरै उपलब्धिमूलक हमला’ गरेको दाबी त गरेका छन् तर थप विवरण दिएका छैनन्।
‘कट्टरपन्थी इस्लामिक आतंकवादलाई फस्टाउन नदिइने’ उल्लेख गर्दै ट्रम्पले अन्त्यमा लेखेका छन्, ‘मारिएका आतंककारीहरूसहित सबैलाई क्रिसमसको शुभकामना। यदि क्रिस्चियनहरूको हत्या जारी रह्यो भने थप आतंककारी मारिनेछन्।’
आईएसविरुद्ध अमेरिकी हमलाको भिडिओ फुटेज :
— Department of War 🇺🇸 (@DeptofWar) December 26, 2025.@POTUS “Tonight, at my direction as Commander in Chief, the United States launched a powerful and deadly strike against ISIS Terrorist Scum in Northwest Nigeria, who have been targeting and viciously killing, primarily, innocent Christians, at levels not seen for many years, and… pic.twitter.com/ct7rUW128t
Shares

प्रतिक्रिया