थाई सेनाले थाइल्यान्ड र कम्बोडियाको सीमामा रहेको भगवान् विष्णुको मूर्ति भत्काइदिएको छ।
एसियानेट न्युजका अनुसार थाई सैनिकहरूले बुलडोजर लगाएर विष्णुको मूर्ति तोडफोड गरेका हुन्। घटना यही डिसेम्बर २२ सोमबारको हो।
कम्बोडियाले मूर्ति आफ्नो क्षेत्रमा रहेको दाबी गर्दै थाइल्यान्डले अवैध रूपमा भत्काएको आरोप लगाएको छ।
कम्बोडियाको प्रेह विहार प्रान्तका सरकारी प्रवक्ता किम चानपान्हाले भने, ‘मूर्ति २०१४ मा थाई सीमाबाट लगभग १०० मिटर टाढा निर्माण गरिएको थियो।’
भिडिओ :
Cambodia has condemned the Thai army for demolishing a Hindu Vishnu statue in a disputed border area after more than two weeks of fighting between Cambodia and Thailand.
According to Cambodian officials in Preah Vihear, the statue was built in 2014 and stood several hundred… pic.twitter.com/Epqzy6vzBk — Jacob in Cambodia 🇺🇸 🇰🇭 (@jacobincambodia) December 24, 2025
थाइल्यान्ड र कम्बोडियाबीच ६ महिनादेखि प्रेह विहार मन्दिर क्षेत्रका विषयमा विवाद भइरहेको छ।
यसै क्रममा गत जुनमा दुई देशबीच युद्ध सुरु भएको थियो। तर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा युद्धविराम भएको थियो।
तर फेरि डिसेम्बरदेखि दुई देशबीच विवाद चर्किएको हो।
थाइल्यान्ड र कम्बोडियाबीच जारी द्वन्द्वमा परी अहिलेसम्म ४० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने १० लाखभन्दा बढी मानिस भाग्न बाध्य भएका छन्।
Shares

प्रतिक्रिया