ग्लोबल


ताइवानमा भूकम्प, चीन, फिलिपिन्स र जापानसम्म धक्का

ताइवानमा भूकम्प, चीन, फिलिपिन्स र जापानसम्म धक्का

बुधबार साँझ भूकम्प आउँदा ताइवानको ताइपेईस्थित एउटा भवनमा त्रस्त मानिसहरू।


नेपालखबर
पुस ९, २०८२ बुधबार १८:६, काठमाडौँ

बुधबार साँझ दक्षिणपूर्वी ताइवानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ।

भूकम्पको धक्का चीन, फिलिपिन्स र जापानसम्म महसुस गरिएको थियो।

अहिलेसम्म क्षतिको खबर छैन।

केन्द्रीय मौसम प्रशासन (सीडब्ल्यूए) का अनुसार, भूकम्पको केन्द्रबिन्दु ताइतुङ काउन्टी हलबाट १०.१ किलोमिटर उत्तरमा थियो भने यसको गहिराइ ११.९ किलोमिटर थियो।

राष्ट्रिय अग्नि नियन्त्रण निकायले ताइवानमा कुनै क्षतिको रिपोर्ट नआएको बताएको छ।

ताइवानी चिप निर्माता टीएसएमसीले भूकम्प आए पनि टापुभरिका आफ्ना कारखाना खाली गर्न आवश्यक नदेखिएको बताएको छ।

यसअघि अप्रिल ३, २०२४ मा ताइवानको हुआलियन क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो। यो २५ वर्षमा सबैभन्दा शक्तिशाली भूकम्प थियो।

भूकम्पमा १९ जनाको मृत्यु भयो भने १,१०० भन्दा बढी घाइते भएका थिए। 

सेप्टेम्बर २१, १९९९ मा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो, जसमा २,४०० भन्दा बढी मानिसको मृत्यु भएको थियो।

यस्तै २०१६ मा दक्षिणी ताइवानमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। जसमा १०० भन्दा बढी मानिसको मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad