ग्लोबल


बमको धम्की आएपछि इन्डिगो विमान आपत्‌कालीन अवतरण, शंकास्पद यात्रु पक्राउ

बमको धम्की आएपछि इन्डिगो विमान आपत्‌कालीन अवतरण, शंकास्पद यात्रु पक्राउ

इन्डिगो विमान (फाइल फोटो)


नेपालखबर
मंसिर १८, २०८२ बिहिबार १५:१७, काठमाडौँ

बमको धम्की आएपछि बिहीबार इन्डिगो विमान आपत्‌कालीन अवतरण गरिएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार मदिनाबाट हैदराबाद जाने विमान अहमदाबाद विमानस्थलमा आपत्‌कालीन अवतरण गरिएको हो।

मदिनाबाट हैदराबाद जाने इन्डिगो विमानमा एक यात्रुको शंकास्पद व्यवहारका कारण अहमदाबाद विमानस्थलमा आपत्‌कालीन अवतरण गर्नुपरेको हो। 

घटनाको जानकारी पाएपछि प्रहरी र सुरक्षा बलले तुरुन्तै विमानस्थल पुगेर सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालेका छन्। 

अनि शंकास्पद व्यवहार गरेका यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ र विमानभित्र खोजतलास भइरहेको छ।

यस विषयमा थप अपडेट भइरहेको भारतीय पत्रिका जागरणले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad