ग्लोबल


खस्यो अमेरिकी एफ-१६ लडाकु विमान (भिडिओ)

खस्यो अमेरिकी एफ-१६ लडाकु विमान (भिडिओ)

अमेरिकी एफ-१६ लडाकु विमान खस्दा भएको विस्फोट।


नेपालखबर
मंसिर १८, २०८२ बिहिबार ८:४४, काठमाडौँ

अमेरिकी वायुसेनाको थन्डरबर्ड्स स्क्वाड्रनको एफ-१६ लडाकु विमान बिहीबार अमेरिकामा दुर्घटना भएको छ। 

तर विमान जमिनमा खस्नुभन्दा केही सेकेन्डअघि पाइलट सुरक्षित रूपमा बाहिर निस्किएकाले उनी बाँच्न सफल भएका छन्। 

यो घटना स्थानीय समयअनुसार बिहीबार बिहान १०:४५ बजे डेथ भ्यालीको दक्षिणमा रहेको दुर्गम मरुभूमि क्षेत्रमा भएको हो।

सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा विमान खसिरहेको र पाइलट प्यारासुटबाट बाहिर निस्किरहेको देखिएको छ।

विमान खसेपछि ठूलो आवाजका साथ विस्फोट भयो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पाइलटलाई सामान्य चोटपटक मात्र लागेको छ। उनलाई अस्पताल लगिएको छ। 

स्थानीय अग्नि नियन्त्रण विभागले घटनास्थलमा पाइलट मात्र भेटिएको र आगोले वरपरका क्षेत्रलाई कुनै खतरा नभएको बताएको छ।

एफ-१६ प्रसिद्ध र शक्तिशाली अमेरिकी लडाकु विमान हो। यसलाई जनरल डाइनामिक्सले १९७० को दशकमा विकास गरेको थियो।

अहिले भने यो अमेरिकी रक्षा कम्पनी लकहिड मार्टिनले बनाउँछ। पाकिस्तानसहित २५ भन्दा बढी देशले यो लडाकु विमान प्रयोग गर्छन्।

दुर्घटनाको भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad