भारतीय वायुसेनाका विङ कमान्डर नमांश स्यालको शव दुबईबाट आइतबार भारत ल्याइएको छ।
गत शुक्रबार दुबईको अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एयर सोका क्रममा उनले उडाएको भारतीय वायुको सेनाको विमान दुर्घटना हुँदा उनको मृत्यु भएको थियो।
भारतीय सञ्चारमाध्यमका अनुसार उनको शव वायुसेनाको विशेष विमानबाट आज बिहान तमिलनाडुको कोइम्बटुरस्थित सुलुर एयर बेसमा ल्याइएको हो।
शव पठाउनुअघि यूएईका सैन्य कर्मचारीले नमांशलाई गार्ड अफ अनर प्रदान गरेका थिए।
यूएईस्थित भारतीय दूतावासले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार राजदूत दीपक मित्तल र प्रमुख निरीक्षक सतीश सिवानले विङ कमान्डर नमांश स्याललाई श्रद्धाञ्जली अर्पण गरे।
नमांश स्याल हिमाचल प्रदेशको कांगडा जिल्लाका बासिन्दा थिए।
366
Shares

प्रतिक्रिया