भारतको राजधानी दिल्लीस्थित लालकिल्ला नजिकै अघिल्लो सोमबार अर्थात् यही नोभेम्बर १० मा कार बम विस्फोट भएको स्थानमा तीनवटा गोली फेला परेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार अनुसन्धानका क्रममा घटनास्थलमा दुईवटा गोली र एउटा गोलीको खोल भेटिएका हुन्।
दिल्ली प्रहरी स्रोतले विस्फोट स्थलबाट बरामद तीनवटा ९ एमएम-क्यालिबर गोली सर्वसाधारणको प्रयोगका लागि निषेध गरिएको गोली भएको बताएका छन्। यी गोली सामान्यतया सशस्त्र बल वा विशेष अनुमति भएकाहरूले मात्र राख्न पाउँछन्।
तर घटनास्थलमा कुनै पेस्तोल वा यसको भाग फेला परेको छैन।
स्रोतका अनुसार घटनास्थलमा तैनाथ सुरक्षाकर्मीहरूलाई पनि आफ्ना हतियार जाँच गर्न भनिएको थियो, तर कुनै हराएको पाइएन।
गत साताको सोमबार साँझ ७ बजेतिर दिल्लीको लालकिल्लास्थित मेट्रो स्टेसननजिक एउटा कार बम विस्फोट हुँदा अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको ५ भने २० जना घाइते उपचारमा छन्। तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
Shares

प्रतिक्रिया