ग्लोबल


बीबीसीविरुद्ध मुद्दा हाल्ने ट्रम्पको घोषणा

बीबीसीविरुद्ध मुद्दा हाल्ने ट्रम्पको घोषणा

नेपालखबर
कात्तिक २९, २०८२ शनिबार १०:५२, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पानोरा डकुमेन्ट्रीमा आफ्नो भाषण सम्पादन गरेको बीबीसीलाई कानुनी कारबाही गर्ने बताएका छन्।

यस विषयमा बीबीसीले गल्ती स्वीकार गर्दै माफी मागे पनि ट्रम्पले कानुनी कारबाही गर्ने बताएका हुन्। किनकि बीबीसीले क्षमायाचना गरे पनि क्षतिपूर्ति दिन अस्वीकार गरेको छ। 

शुक्रबार साँझ एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘अर्को हप्ता हामी उनीहरूलाई १ अर्बदेखि ५ अर्ब डलरसम्मको मुद्दा हाल्ने छौँ।’

उनले यस विषयमा यसै साताको अन्त्यतिर बेलायतका प्रधानमन्त्री केयर स्टारमरसँग कुरा गर्नेसमेत बताए। 

विश्वकै चर्चित बीबीसी बेलायतको सरकारी सञ्चार संस्था हो।  

सन् २०२१ को जनवरी ६ मा ट्रम्पका समर्थकले अमेरिकाको संसद् भवन (क्यापिटल) मा हमला गर्नुअघि ट्रम्पले गरेको भाषण काटेर गलत सन्देश जाने गरी सामग्री बनाएको आरोप बीबीसीलाई लागेको हो। 

त्यसो त बीबीसीले बिहीबार साँझ विज्ञप्ति जारी गरी स्वीकार गरेको छ, ‘भिडिओ सम्पादनले राष्ट्रपति ट्रम्पले प्रत्यक्ष रूपमा हिंसात्मक कारबाहीका लागि आह्वान गरेको गलत धारणा सिर्जना गरेको थियो।’

साथै बीबीसीले २०२४ मा कार्यक्रम फेरि प्रसारण नगर्ने उल्लेख गरेको छ।

सोही घटनाको जिम्मेवारी लिँदै यही नोभेम्बर १० (कात्तिक २४) मा बीबीसीका महानिर्देशक टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले राजीनामा दिइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad