ग्लोबल


अफगानिस्तानलाई पाकिस्तानको चेतावनी: आक्रमण गरिए पूर्ण शक्तिका साथ जवाफ दिइनेछ

अफगानिस्तानलाई पाकिस्तानको चेतावनी: आक्रमण गरिए पूर्ण शक्तिका साथ जवाफ दिइनेछ

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इसाक दार (फाइल फोटो)


नेपालखबर
कात्तिक १४, २०८२ शुक्रबार २१:४१, काठमाडौँ

पाकिस्तानको विदेश मन्त्रालयले आफ्नो देश अफगानिस्तानसँग थप तनाव नचाहने तर भविष्यमा हुने कुनै पनि आक्रमणको पूर्ण शक्तिका साथ जवाफ दिइने बताएको छ।

विदेश मन्त्रालयका प्रवक्ता ताहिर आन्द्राबीले शुक्रबार साप्ताहिक मिडिया ब्रिफिङमा भने, 'पाकिस्तानले शान्ति वार्तामा धेरै सकारात्मक रूपमा भाग लिएको छ।'

उनले युद्धविरामबारे पाकिस्तान र अफगान तालिबानबीच कतारमा भएको वार्ताको पनि उल्लेख गरे।

विज्ञप्तिअनुसार, नोभेम्बर ६ देखि टर्कीमा हुने वार्तामा युद्धविराम लागु गर्ने सर्त निर्धारण गरिनेछ।

प्रवक्ताले भने, 'पाकिस्तान र अफगान तालिबान शासनबीचको दोस्रो चरणको वार्ता बिहीबार साँझ सम्पन्न भयो। अफगान माटोलाई आतंकवाद वा पाकिस्तानविरुद्ध कुनै पनि प्रकारको उत्तेजनाका लागि प्रयोग गर्न दिनु हुँदैन।'

प्रवक्ताले थपे, 'पाकिस्तान अफगानिस्तानमा शान्ति चाहन्छ। आशा छ- अफगानिस्तानले आफ्नो माटो पाकिस्तानविरुद्ध प्रयोग गर्न दिनेछैन।'

ताहिर आन्द्राबीले पाकिस्तान मध्यस्थकर्ताको भूमिका खेल्ने कतार र टर्कीप्रति आभारी रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad