अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानका प्रधानमन्त्री सानेई ताकाइचीले दुई नयाँ सम्झौतामा मंगलबार हस्ताक्षर गरेका छन्।
बीबीसीका अनुसार एउटा सम्झौता दुई देशबीच लामो समयदेखिको साझेदारीलाई अझ बलियो बनाउने विषयमा छ भने दोस्रोमा महत्त्वपूर्ण खनिज आपूर्ति सुनिश्चित गर्ने रूपरेखा छ।
दुई नेताले सम्झौतामा हस्ताक्षर गरेपछि कागजातसहित फोटो खिचाएका छन्।
सम्झौतापत्रमा हस्ताक्षरपछि राष्ट्रपति ट्रम्पले अमेरिकाको बलियो सहयोगी भन्दै जापानको प्रशंसा गरे।
साथै उनले देशको पहिलो महिला प्रधानमन्त्री भन्दै सानेई ताकाइचीको पनि तारिफ गरे।
75
Shares

प्रतिक्रिया