बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो क्षेत्रमा आज (शनिबार) आगलागी भएको छ। आगलागीको कारण अझै थाहा हुन सकेको छैन।

आगो यति छिटो फैलियो कि विमानस्थल अधिकारीहरूले तुरुन्तै सबै उडानहरू रोक्नुपर्यो। भारतको दिल्लीबाट ढाका जाने उडानलाई कोलकाता डाइभर्ट गरिएको थियो।

अग्निसमन सेवाले विमानस्थलको गेट नम्बर ८ नजिकै रहेको कार्गो गाउँमा दिउँसो २:३० बजेतिर आगलागी सुरु भएको जनाएको छ।

अहिलेसम्म कुनै हताहत भएको रिपोर्ट गरिएको छैन, तर कार्गोमा ठूलो क्षति भएको आशंका गरिएको छ।

बाक्लो कालो धुवाँले वरपरका क्षेत्रको हावा प्रदूषित पारेको छ।
🚨 BREAKING: Massive fire reported at Shahjalal International Airport’s cargo area in Dhaka, Bangladesh.
— Breaking News World (@WorldAlertHi) October 18, 2025
Cause of the blaze remains unknown.
Emergency crews on site — further details awaited.#Dhaka #Bangladesh #Fire #BreakingNews #WorldAlert pic.twitter.com/O9HEtJEjBW
Shares

प्रतिक्रिया