ग्लोबल


लन्डनमा 'प्यालेस्टाइन एक्सन'को समर्थनमा प्रदर्शन गर्दा ४८८ जना पक्राउ

लन्डनमा 'प्यालेस्टाइन एक्सन'को समर्थनमा प्रदर्शन गर्दा ४८८ जना पक्राउ

नेपालखबर
असोज १९, २०८२ आइतबार १२:६, काठमाडौँ

बेलायतको मध्य लन्डनमा प्रतिबन्धित संगठन प्यालेस्टाइन एक्सनको समर्थनमा प्रदर्शन गरेको आरोपमा शनिबार ४८८ जनालाई पक्राउ गरिएको त्यहाँको प्रहरीले जनाएको छ। 

प्रदर्शनमा झन्डै हजार जनाले भाग लिएको आयोजकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

यस वर्षको जुलाईमा बेलायत सरकारले प्यालेस्टाइन एक्सनलाई प्रतिबन्ध लगाएको थियो। त्यसबेलादेखि देशमा यस संस्थासँगको कुनै पनि सम्बन्ध वा समर्थन गैरकानुनी मानिएको छ।

प्रहरीले प्रतिबन्धित संगठनको समर्थनमा प्रदर्शन गरेको आरोपमा ४८८ जनालाई पक्राउ गरिएको बताएको छ। यी व्यक्ति १८ देखि ८९ वर्षसम्मका छन्।

बिहीबार म्यानचेस्टरको एक यहुदी सभाघरमा भएको आक्रमणपछि मन्त्री र प्रहरीले प्रदर्शनकारीहरूलाई विरोध कार्यक्रम स्थगन गर्न आग्रह गरेका थिए। तर उनीहरूले मानेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad