ग्लोबल


७५औँ जन्मदिनका अवसरमा मोदीलाई ट्रम्पले गरे फोन

७५औँ जन्मदिनका अवसरमा मोदीलाई ट्रम्पले गरे फोन

नेपालखबर
असोज १, २०८२ बुधबार ८:२२, काठमाडौँ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आज (सेप्टेम्बर १७) ७५औँ जन्मदिन हो। यस अवसरमा उनलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुभकामना दिएका छन्। 

यस क्रममा दुई नेताबीच रुस-युक्रेन युद्धबारे पनि छलफल भएको छ। 

ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘मेरा मित्र प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा धेरै राम्रो कुराकानी भयो। मैले उनलाई जन्मदिनको शुभकामना दिएँ। उनले राम्रो काम गरिरहेका छन्।’

उनले अगाडि लेखेका छन्, ‘नरेन्द्र! रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्न तपाईंको सहयोगका लागि धन्यवाद।’

भारतका प्रधानमन्त्री मोदीले पनि सामाजिक सञ्जालमार्फत ट्रम्पसँग कुराकानी भएको जानकारी गराएका छन्। 

प्रधानमन्त्री मोदीले एक्समा लेखेका छन्, ‘मेरा मित्र राष्ट्रपति ट्रम्प तपाईंको फोन कल र मेरो ७५औँ जन्मदिनको शुभकामनाका लागि धन्यवाद। तपाईंजस्तै म पनि भारत-अमेरिकाको व्यापक र विश्वव्यापी साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन पूर्ण रूपमा प्रतिबद्ध छु।’

मोदीले थप लेखेका छन्, ‘हामी युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानतर्फ तपाईंको प्रयासलाई समर्थन गर्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad