गाजामा सैन्य आक्रमण रोक्न र हमासद्वारा बन्धक बनाइएका जीवितहरूको रिहाइ माग गर्दै मंगलबार इजरायलमा प्रदर्शन गरिएको छ।
मंगलबार बिहानैदेखि इजरायलका सडकहरूमा जुलुस र प्रदर्शन भएको बीबीसीले जनाएको छ।

प्रदर्शन बन्धक र बेपताहरूको परिवार मञ्चले आयोजना गरेको हो।
इजरायलले गाजा पट्टीमा आक्रमण तीव्र पारेका बेला इजरायली आफ्नै सरकारविरुद्ध आन्दोलनमा उत्रिएका हुन्।
सोमबार मात्र इजरायलले दक्षिणी गाजाको खान युनिसस्थित नासेर अस्पतालमा गरेको आक्रमणमा कम्तीमा २० जना मारिएका छन्। जसमा अन्तर्राष्ट्रिय मिडियाका पाँच पत्रकार पनि परेका छन्।
27
Shares

प्रतिक्रिया