अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्कामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको भेटलाई '१० मा १०' नम्बर दिएका छन्।
भेटवार्तापछि फक्स न्युजसँग कुरा गर्दै उनले ‘धेरै न्यानो भेट’ भएको र ‘सम्झौताको धेरै नजिक‘ पुगेको बताएका हुन्।
यस क्रममा ट्रम्पले अब भ्लादिमिर पुटिन र भोलोदिमिर जेलेन्स्कीसहितको अर्को वार्ता हुने जानकारी पनि दिएका छन्।
ट्रम्पले भने, ‘रुस र युक्रेनले अर्को वार्ता गर्नेछन्, जसमा भ्लादिमिर पुटिन र भोलोदिमिर जेलेन्स्की दुवै सहभागी हुनेछन्। हेरौँ अब के हुन्छ?’
उनले थपे, ‘अब युरोपेली सहभागिताका साथ सम्झौतामा पुग्ने कुरा जेलेन्स्कीको हातमा छ।’
फक्स न्युजसँगको कुराकानीमा ट्रम्पले सम्झौतामा पुग्न नसकेका बुँदा खुलाउन भने मानेनन्।
उनले अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनलाई रुसको आक्रमण रोक्न नसकेकामा दोष पनि दिए।
Shares

प्रतिक्रिया