युक्रेनमा युद्धविरामका लागि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नुअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई कडा चेतावनी दिएका छन्।
ट्रम्प र पुटिनबीच यही शुक्रबार (अगस्ट १५) अलास्कामा भेट्ने कार्यक्रम छ।
त्यसमा रुस युक्रेनमा युद्धविराम गर्न सहमत भएन भने उसले ‘धेरै गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी ट्रम्पले दिएका हुन्।
वासिङ्टन डीसीको केनेडी सेन्टरका पत्रकारहरूले ट्रम्पलाई सोधे- रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अन्त्य गर्न सहमत भएनन् भने के हुन्छ?
जवाफमा ट्रम्पले भने, ‘हो, यसको नतिजा हुन्छ। जसको प्रकारबारे केही भन्न आवश्यक छैन, तर त्यो धेरै गम्भीर हुनेछ।’ बीबीसी
171
Shares

प्रतिक्रिया