मंगलबार बिहान भारतको चेन्नईमा एक कार्गो विमानको इन्जिनमा अचानक आगो लागेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मलेसियाको क्वालालम्पुरबाट आउँदै गरेको उक्त विमान अवतरणका क्रममा आगलागी भएको हो।
अवतरणका क्रममा कार्गो विमानको चौथो इन्जिनमा आगो लागेको थियो। तर पाइलटको कुशलातले कुनै हताहत हुन पाएन।
पाइलटले विमानलाई सुरक्षित अवतरण गराउनासाथ सुरक्षाकर्मीहरूले आगो नियन्त्रणमा लिए।
162
Shares

प्रतिक्रिया