ग्लोबल


टर्कीमा भूकम्प, वृद्धाको मृत्यु, २९ जना घाइते

टर्कीमा भूकम्प, वृद्धाको मृत्यु, २९ जना घाइते

टर्कीमा भूकम्पका कारण १६ भवन भत्किएका छन्।


नेपालखबर
साउन २६, २०८२ सोमबार ७:१५, काठमाडौँ

टर्कीको उत्तरपश्चिमी प्रान्त बाल्केसिरमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। 

टर्कीको विपद् व्यवस्थापन निकायका अनुसार आइतबार साँझ ७:५३ (स्थानीय समय) भूकम्प गएको हो। जसको झट्का इस्तानबुलसम्म पुगेको थियो।

भूकम्पमा परी एक महिलाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्।

टर्कीका गृहमन्त्री अली येर्लिकायाले भूकम्पको केन्द्रबिन्दु सिन्दिरगी सहर रहेको बताए।

जहाँ ८१ वर्षीया महिला भग्नावशेषबाट बाहिर निकालिएको थियो तर केही समयमै उनको मृत्यु भयो। 

गृहमन्त्री येर्लिकायाले भूकम्पले १६ वटा भवन भत्किएको बताए।

उनका अनुसार यसबाहेक गम्भीर क्षति वा हताहतको कुनै संकेत छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad