ग्लोबल


केन्यामा अन्त्येष्टिबाट फर्किरहेका मानिस सवार बस दुर्घटना हुँदा २५ जनाको मृत्यु

केन्यामा अन्त्येष्टिबाट फर्किरहेका मानिस सवार बस दुर्घटना हुँदा २५ जनाको मृत्यु

नेपालखबर
साउन २४, २०८२ शनिबार १९:३४, काठमाडौँ

केन्यामा  एक व्यक्तिको अन्त्येष्टिबाट फर्किरहेका मानिस सवार बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ।

स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनामा २० जना घाइते पनि भएका छन्।

बीबीसीका अनुसार शुक्रबार दिउँसो (स्थानीय समय) किसुमु-काकामेगा राजमार्गमा गुडिरहेको बस चालकले नियन्त्रण गुमाउँदा खाल्डोमा खसेको हो।

दुर्घटनामा १० महिला, १० पुरुष र एक बालिकाको घटनास्थलमै र चार जनाको उपचारका क्रममा मृत्यु भएको हो।

घाइते २० मध्ये ५ जनाको अवस्था गम्भीर छ। 

दुर्घटनामा मृत्यु भएका सबै एकै परिवारका रहेको विश्वास गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad