ग्लोबल


रुसी तेल किनेबापत ट्रम्पले भारतविरुद्ध थपे २५ प्रतिशत महसुल

रुसी तेल किनेबापत ट्रम्पले भारतविरुद्ध थपे २५ प्रतिशत महसुल

नेपालखबर
साउन २१, २०८२ बुधबार २०:२९,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतविरुद्धको भन्सार महसुल थप २५ प्रतिशतले वृद्धि गरेका छन्।  रुसी तेल खरिद गरेको भन्दै सजायस्वरुप उनले यो शुल्क थप गरेका हुन्।

यसअघि जुलाई ३१ मा ट्रम्पले भारतविरुद्ध २५ प्रतिशत भन्सार महसुल घोषणा गरेका थिए। त्यसबेला उनले रुसी तेल खरिद गरेका कारण भारतमाथि सजाय थप गर्ने बताएका थिए। यससँगै भारतमाथि अमेरिकी महसुल ५० प्रतिशत पुगेको छ।

‘रुसको तेल किनिरहेको भारतबाट हुने आयातमा थप महसुल लगाउन आवश्यक र उचित भएको ठहर गर्दछु,’ ट्रम्पले एक कार्यकारी आदेश जारी गर्दै भनेका छन्।

आफ्ना विशेष दूत स्टिभ विट्कोफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेलगत्तै ट्रम्पले उक्त आदेश जारी गरेका हुन्। यसले भारतसँग उनको सम्बन्धलाई झनै तनावपूर्ण बनाउने देखिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad