ग्लोबल


७ वर्षपछि चीन जाँदै मोदी, एससीओ समिटमा सहभागी हुने

७ वर्षपछि चीन जाँदै मोदी, एससीओ समिटमा सहभागी हुने

नेपालखबर
साउन २१, २०८२ बुधबार २०:९,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सात वर्षपछि चीन भ्रमण गर्ने भएका छन्। उनी ३१ अगस्टदेखि सुरु हुने सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को बैठकमा सहभागी हुने सरकारी स्रोतलाई उधृत गर्दै रोयटर्सले जनाएको छ। 

यसलाई अमेरिकासँग तनाव बढ्दै जाँदा नयाँ दिल्लीले बेइजिङसँग सम्बन्ध सुधार गर्दै लगेको संकेतका रूपमा लिइएको छ। पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार सम्झौता र रुससँगको तेल खरिदका विषयलाई लिएर भारतलाई दबाब दिइरहेका छन्। 

एससीओ शिखर बैठक तियानजिन सहरमा आयोजना हुँदैछ। मोदीको यो चीन भ्रमण जुन २०१८ यताको पहिलो हुनेछ। २०२० मा गलवान झडपपछि दुई देशको सम्बन्ध तिक्त बनेको थियो।

गत अक्टोबरमा रुसमा आयोजित ब्रिक्स शिखर बैठकमा मोदी र सी चिनफिङबीच भएको वार्तापछि यी दुई छिमेकीबीचको तनाव कम भएको थियो। उनीहरू अहिले आपसी व्यापार र आवतजावतलाई नियमित तुल्याउने प्रयासमा छन्।

यी दुवै मुलुक अहिले अमेरिकी व्यापार युद्धसँग जुध्ने उपायको खोजीमा छन्।

उता, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल बुधबार मस्को पुग्दैछन्। उनले रुससँग तेल खरिदका विषयमा छलफल गर्ने बताइएको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad