इजरायली मिडियाका अनुसार, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सुरक्षा मन्त्रिपरिषद्सँगको बैठकमा गाजापट्टीमा पूर्ण कब्जाको प्रस्ताव राख्नेछन्।
स्थानीय पत्रकारहरूले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै भनेका छन्, ‘निर्णय भइसकेको छ। हामी गाजापट्टी पूर्ण रूपमा कब्जा गर्नेछौँ र हामी हमासलाई हराउनेछौँ।’
सेना प्रमुख र अन्य सैन्य अधिकारी यस योजनाको विरुद्धमा छन् भन्ने रिपोर्टमा अधिकारीले भने, ‘यदि यो योजना प्रमुखलाई स्वीकार्य छैन भने उनले राजीनामा दिनुपर्छ।’
यसैबीच बन्धकका परिवार यसबाट चिन्तामा परेका छन्। ५० मध्ये २० बन्धक अझै जीवित रहेको विश्वास गरिन्छ।
धेरै सर्वेक्षणले प्रत्येक चार मध्ये तीन इजरायली बन्धक फिर्तीका लागि युद्धविराम सम्झौताका पक्षमा छन्।
630
Shares

प्रतिक्रिया