ग्लोबल


अपेक्षाभन्दा कम रोजगारी तथ्यांक सार्वजनिक गर्ने संस्थाका प्रमुखलाई ट्रम्पले गरे बर्खास्त

अपेक्षाभन्दा कम रोजगारी तथ्यांक सार्वजनिक गर्ने संस्थाका प्रमुखलाई ट्रम्पले गरे बर्खास्त

नेपालखबर
साउन १८, २०८२ आइतबार ६:१९, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अपेक्षाभन्दा कम रोजगारी तथ्यांक जारी गर्ने संस्थाका प्रमुखलाई बर्खास्त गरेका छन्।

ट्रम्पले श्रम तथ्यांक ब्युरोका प्रमुख एरिका म्याकएन्टरफरलाई बर्खास्त गर्ने निर्णय गरेका हुन्। 

उनले जारी गरेको अपेक्षाभन्दा कम रोजगारी तथ्यांकले ट्रम्पको ट्यारिफ नीतिमा प्रश्न उठाएको थियो।

ट्रम्पले सामाजिक सञ्जालमा म्याकएन्टरफरले 'रिपब्लिकन पार्टी र मलाई हानि पुर्‍याउन' बेरोजगारी तथ्यांकलाई 'जानाजानी गलत प्रस्तुत' गरेको आरोप लगाएका छन्। 

ह्वाइट हाउसको यो अभूतपूर्व निर्णयले राजनीतिक वृत्तमा तरंगल ल्याएको छ।

सिनेट डेमोक्र्याटिक पार्टीका नेता चक सुमरले राष्ट्रपति ट्रम्प 'खराब नेता' भएको टिप्पणी गरेका छन्।

तथ्यांकका कारण राष्ट्रपतिले श्रम तथ्यांक ब्युरोजस्तो स्वतन्त्र निकायको प्रमुखलाई सार्वजनिक रूपमा हटाएको यो पहिलोपटक हो।

ट्रम्पले ट्यारिफ घोषणा गरेपछि शुक्रबार अमेरिकी सेयर बजार तीव्र रूपमा घट्यो।

केही घण्टापछि श्रम तथ्यांक ब्युरोले जारी गरेको तथ्यांकमा जुलाईमा देशमा केवल ७३,००० नयाँ रोजगारी थपिएको उल्लेख गरिएको छ। विश्लेषकहरूले भने १,०९,००० नयाँ रोजगारीको अनुमान गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad