भारतमा अहिले इन्डिगो विमानमा एक यात्रुले अर्का यात्रुलाई थप्पड हानेको घटना चर्चामा छ। यसको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार घटना शुक्रबारको हो।
इन्डिगोको विमान ६ई--२३८७ मुम्बईबाट कोलकाता जाँदै थियो।
यस क्रममा सिटमा बसिरहेका हाफिजुल रहमान नामका यात्रुले अर्का यात्रु हुसेन अहमद मजुमदारलाई अचानक जोडले गालामा थप्पड हान्छन्।
— Adil siddiqui (azmi) (@adilsiddiqui7) August 1, 2025समाज पूरी तरह सड़ चूका है pic.twitter.com/l03axtIqSc
थप्पड हान्ने व्यक्तिलाई इन्डिगो एयरलाइन्सले आफ्ना विमानमा यात्रा गर्न प्रतिबन्ध लगाएको छ।
यसैबीच थप्पड खाएका व्यक्ति बेपत्ता भएको उनको परिवारले जनाएको छ।
मुम्बईको एक होटलमा काम गर्ने हुसेन कोलकाता आउँदै थिए। उनको परिवार आसामको सिलचरमा बस्छ।
परिवारका अनुसार हुसेन जुलाई ३१ मा सिलचर आइपुग्नुपर्ने थियो, तर उनी आइपुगेका छैनन्। उनको मोबाइल पनि स्विचअफ छ।
पीडित परिवारले हुसेन बेपत्ता भएको जानकारी प्रहरीलाई गराएको छ।
पीडक र पीडित दुवै मुस्लिम हुन्।
Shares

प्रतिक्रिया