बुधबार बिहान रुसको कामचट्का प्रायद्वीपमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए पनि अहिलेसम्म कुनै हताहतको खबर आएको छैन।
तर भूकम्पका कारण केही घरमा क्षति पुगेका तस्बिर/भिडिओ सार्वजनिक भएका छन्।
रोयटर्सको रिपोर्टअनुसार, भूकम्पका कारण धेरै भवन तथा घरमा क्षतिग्रस्त भएका छन्।
堪察加半岛彼得罗巴甫洛夫斯克的“Rodnichok”幼儿园的墙壁在8.7级地震后倒塌#earthquake #BreakingNews pic.twitter.com/KywrJftqHW
एउटा किन्डरगार्टन स्कुलमा पनि क्षति पुगेको छ। केही घरका छाना भत्किएका छन्, जसका कारण मानिसहरूलाई तुरुन्तै सुरक्षित स्थानमा सारिएको छ।
भूकम्पपछि कामचट्काका तटीय क्षेत्रमा लगभग ५ मिटर अग्ला सुनामीका छाल उठेका थिए।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार, यस भूक्म्पको केन्द्रबिन्दु जमिनबाट १९.३ किलोमिटर गहिराइमा थियो।
भूकम्पपछि रुससहित जापान, अमेरिका, चीन, क्यानडा, इक्वेडर, पेरु, मेक्सिको, न्युजिल्यान्ड, प्रशान्त टापु, चीन, फिलिपिन्स, ताइवान, इन्डोनेसियाका धेरै तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ।
Shares

प्रतिक्रिया