ग्लोबल


इजरायलले भन्यो- हमासका नौसेना कमान्डर मार्‍यौँ

इजरायलले भन्यो- हमासका नौसेना कमान्डर मार्‍यौँ

नेपालखबर
असार २३, २०८२ सोमबार ११:३४, काठमाडौँ

इजरायली सेनाले उत्तरी गाजामा रहेको समुद्र तट क्याफेमा गरिएको आक्रमणमा हमासका नौसेना कमान्डर मारिएको बताएको छ। हमलामा धेरै नागरिक पनि मारिएका छन्।

बीबीसीका अनुसार गाजाको अल-बाका क्याफेमा भएको आक्रमणपछि सोमबार गाजा र विदेशमा बसोबास गर्ने परिवारका सदस्यले ठूलो संख्यामा हताहत भएको खबरले आफूहरू दुःखी भएको बताएका छन्।

इजरायल रक्षा बल (आईडीएफ) ले आइतबार आक्रमणमा नौसेना कमान्डर रम्जी रमजान अब्द अली सालेह, साथै हमासको मोर्टार युनिटका उपप्रमुख हिशाम अयमान अतिया मन्सुर र निसिम मुहम्मद सुलेमान अबु सबाहा मारिएको बताएको छ।

आईडीएफका अनुसार सालेह हमासको ‘समुद्री आक्रमण’ योजना बनाउन र सञ्चालन गर्नमा संलग्न थिए।

गाजास्थित स्रोतहरूले आक्रमणका बेला हमासका एक वरिष्ठ कमान्डर क्याफेमा उपस्थित रहेको हल्ला भएको बीबीसँग बताएका छन्। 

बीबीसीले क्याफे आक्रमणमा मारिएका २९ जनाको नाम पुष्टि गरेको छ, जसमा कम्तीमा ९ महिला तथा बालबालिका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad