ग्लोबल


अमेरिकाले रोक्यो युक्रेनमा हतियार आपूर्ति

अमेरिकाले रोक्यो युक्रेनमा हतियार आपूर्ति

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की (बायाँ) ले गत महिना नेटो शिखर सम्मेलनमा अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटे गरेका थिए।


नेपालखबर
असार १८, २०८२ बुधबार ११:४, काठमाडौँ

रुससँग जारी भीषण युद्धका बीच अमेरिकाले युक्रेनलाई केही हतियार आपूर्ति बन्द गरेको ह्वाइट हाउसले जनाएको छ।

ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले मंगलबार बताएअनुसार ‘अमेरिकाको हितलाई सर्वोपरि राख्न’ यो निर्णय गरिएको हो।

अमेरिकाको रक्षा विभागले ‘अन्य देशलाई अमेरिकी सैन्य र अन्य सहयोग’को समीक्षा गरेपपछि उक्त निर्णय गरिएको हो।

फेब्रुअरी २०२२ मा रुसले आक्रमण गरेपछि युक्रेनलाई अमेरिकाले अर्बौं डलरको सैन्य सहायता पठाएको छ। 

जसका कारण ट्रम्प प्रशासनकै केही सदस्यले अमेरिकी भण्डार धेरै कम भएको चिन्ता व्यक्त गरेका छन्।

युक्रेनले भने हतियार आपूर्ति रोकिएकोबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

यद्यपि अमेरिका अधिकारीहरूले कुन ढुवानी रोकिएको हो भनेर बताएका छैनन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार, हतियारहरूमा वायु रक्षा मिसाइल र सटिक हतियार पनि छन्।

अमेरिकी रक्षा नीति उपसचिव एल्ब्रिज कोल्बीले रक्षा विभागले ‘युक्रेनलाई सैन्य सहायता जारी राख्न राष्ट्रपतिलाई बलिया विकल्प दिइरहने’ बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad