ग्लोबल


नेतन्याहुविरुद्धको भ्रष्टाचार मुद्दा फिर्ता लिन ट्रम्पको माग

नेतन्याहुविरुद्धको भ्रष्टाचार मुद्दा फिर्ता लिन ट्रम्पको माग

नेपालखबर
असार १६, २०८२ सोमबार ५:३३, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्धको भ्रष्टाचार मुद्दा फिर्ता लिन माग गरेका छन्।

उनले यो अभियोगले गाजामा युद्धविराम गर्ने प्रयासमा बाधा पुर्‍याइरहेको बताएका छन्।

सन् २०१९ मा नेतन्याहुविरुद्ध घुसखोरी, धोखाधडी र विश्वास उल्लंघनको अभियोग लगाइएको छ। तर उनले यी आरोप अस्वीकार गरेका छन्।

इजरायलका विपक्षी नेताहरूले भने ट्रम्पले इजरायलको न्यायिक मामिलामा हस्तक्षेप गर्न नहुने बताएका छन्।

उनीहरूले नेतन्याहुलाई राष्ट्रको सुरक्षाभन्दा आफ्नो व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको आरोप पनि लगाएका छन्।

यसैबीच इजरायलको अदालतले कूटनीतिक र सुरक्षा समस्याका कारण प्रधानमन्त्री नेतन्याहुको बयान दुई हप्ताका लागि स्थगन गर्ने अनुरोधलाई स्वीकार गरेको छ।

नेतन्याहुले आफ्नाविरुद्ध चलिरहेको मुद्दामा अदालतमा बयान दिनुपर्ने थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad