युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको सशस्त्र सेनालाई आधिकारिक रूपमा बारुदी सुरुङ प्रयोग गर्न अनुमति दिने आदेशमा हस्ताक्षर गरेका छन्।
युक्रेनले पहिले ओटावा सन्धिमा हस्ताक्षर गरेको थियो, जसले बारुदी सुरुङको प्रयोगमा प्रतिबन्ध लगाएको थियो।
यद्यपि, रुसले यो सन्धिमा कहिल्यै हस्ताक्षर गरेन। युद्धको समयमा उसले बारुदी सुरुङ प्रयोग गरेको आरोप छ।
युक्रेनले त्यस्ता हतियार प्रयोग नगर्दा आफूलाई नोक्सान हुने तर्क गरेको छ।
यद्यपि, राष्ट्रपति जेलेन्स्कीको आदेशलाई युक्रेनको संसद्ले अनुमोदन गर्न बाँकी छ।
यसैबीच पोल्यान्ड, फिनल्यान्ड र तीन बाल्टिक देशहरू अर्थात् इस्टोनिया, लाटभिया र लिथुआनियाले आधिकारिक रूपमा आफूहरू पनि ओटावा सन्धिबाट बाहिरिने बताएका छन्।
7.2k
Shares

प्रतिक्रिया