अमेरिकाले ५ दिनअघि आफूले बम आक्रमण गरेको इरानको फोर्डो आणविक केन्द्रका तस्बिरहरू सार्वजनिक गरेको छ। अमेरिकाको रक्षा विभागले इरानको थ्रीडी नक्सा पनि जारी गरेको छ।
अमेरिकाले बिहीबार जारी गरेका तस्बिरमा अमेरिकी सेनाले इरानको फोर्डो आणविक स्थलमा कसरी आक्रमण गर्यो भनेर देखाइएका छन्।
तस्बिरमा कम्प्लेक्समा अवस्थित दुई भेन्टिलेसन साफ्ट देखाइएका छन्, जसमा आक्रमणपछिको अवस्था देखाइएको छ।
तस्बिरले २००८ देखि २०२५ सम्म साफ्टको विकास पनि देखाउँछन्।
साथै अमेरिकी रक्षा विभागले यस साइटको पूर्ण रूपरेखा र साफ्ट निर्माणको आन्तरिक जानकारी पनि दिएको छ।
अमेरिकाले दुई साफ्टमा ६ वटाका दरले बम प्रयोग गरेको थियो।
अमेरिकाले गत शनिबार (जुन २१) राति इरानका फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा आक्रमण गरेको थियो।
त्यसो त यसबीच आक्रमणले इरानको आणविक कार्यक्रम नष्ट नभएको रिपोर्ट पनि सार्वजनिक भएको छ। तर अमेरिकाले यसको खण्डन गरेको छ।
Shares

प्रतिक्रिया