ग्लोबल


‘इरानको आणविक स्थल नष्ट भएको छैन’ भन्ने रिपोर्ट आएपछि ट्रम्पले सेयर गरे भिडिओ

‘इरानको आणविक स्थल नष्ट भएको छैन’ भन्ने रिपोर्ट आएपछि ट्रम्पले सेयर गरे भिडिओ

नेपालखबर
असार ११, २०८२ बुधबार ११:३३, काठमाडौँ

'इरानको आणविक कार्यक्रम नष्ट भएको छैन' भन्ने रिपोर्ट आएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा एउटा भिडिओ सेयर गरेका छन्। 

उनले सेयर गरेको भिडिओ लगभग ६० सेकेन्डको छ। जसमा बी-२ बमवर्षक लडाकु विमान आकाशमा उडिरहेको र धेरै बम खसालिरहेको देखिन्छ।

भिडिओमा एउटा गीत बजिरहेको छ जसमा- ‘इरानमाथि बम प्रहार गर’ भन्ने कुरा बारम्बार दोहोर्‍याइएको छ। 

यस्तो छ ट्रम्पले सेयर गरेको भिडिओ-

पेन्टागनबाट चुहावट भएको प्रारम्भिक गुप्तचर मूल्यांकन प्रतिवेदनले इरानका आणविक अड्डामा अमेरिकी आक्रमणले इरानी आणविक कार्यक्रम नष्ट भएको छैन, केवल केही महिना ढिलाइ मात्र गराएको दाबी गरेको छ।

ट्रम्पले यो पनि भनेका छन्, ‘सीएनएन र न्युयोर्क टाइम्सले नक्कली समाचार फैलाइरहेका छन्। दुवैले इतिहासका सबैभन्दा सफल सैन्य आक्रमणमध्ये एकलाई बदनाम गर्न खोजिरहेका छन्। इरानका आणविक अड्डा पूर्ण रूपमा नष्ट भएका छन्। जनताले न्युयोर्क टाइम्स र सीएनएनको आलोचना गरिरहेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad